काठमाडौं | प्रदर्शन मिति नजिकिदै गर्दा प्रदिप खड्का स्टारर फिल्म ‘रोज’ले आफ्नो प्रचार-प्रसारलाई पनि तिब्रता दिइरहेको छ। हाल निर्माण युनिट फिल्म प्रचारको लागि देश दौडाहमा निस्किएको छ। देश दैडाहमा निस्किएको उक्त टोली देशको विभिन्न ८ सहरसम्म पुग्नेछ। जहाँ पत्रकार सम्मेलन तथा लाइभ कन्सर्ट पनि गरिनेछ। रोजले आफ्नो टुर पोखरादेखि सुरु गर्नेछ।
१४ भदौमा मिडटाउन ग्यालरी अगाडि ‘रोज’ टिमले भव्य प्रस्तुति दिनेछ। पोखरा पश्चात भदौ १५ गते टिम बुटवलमा पुग्नेछ। १६ भदौ नारायणगढ, १७ भदौ इटहरी र धरान, १८ भदौ दमक र बिर्तामोड र २० भदौमा राजधानी काठमाडौंमा कन्सर्ट र प्रेसमिट गरिने निर्माण युनिटले बताएको छ। मोफसल कन्सर्ट तथा टुरमा अभिनेता प्रदीप खड्का र नेपाल आइडल फेम्ड प्रताप दास पनि सहभागी हुनेछन्।
भदौ २२ गतेबाट प्रदर्शनमा आउने यस फिल्मलाई नीरक पौडेलले निर्देशन गरेका हुन्। गोपिकृष्ण मूभिज र आरोही इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको यस फिल्ममा प्रदीपसँगै परमिता आरएल राना, मिरुना मगर र कर्मा शाक्यको पनि मूख्य भूमिका रहेको छ।