काठमाडौं | फिल्म ‘चङ्गा चेट’को पहिलो गीत रिलिज भएको छ। सोमवार राजधानीका एक कार्यक्रमको आयोजना गर्दै फिल्ममा समावेश ‘गोजीमा दाम छैन’ बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक उक्त गीतमा राजनराज सिवाकोटीको संगीत, हरिहर तिमल्सिनाको शब्द तथा रजनराज, मेलिना राई र ग्रिष्मा सिवाकोटीको स्वर सुन्न सकिन्छ।
प्रविन सिंहको कोरियोग्राफीमा तयार भएको भिडियोमा तिन जोडी प्रस्तुत छन्। जहाँ प्रियका कार्की र आयुष्मान देशराज जोशी, रविन्द्र झा र सुरक्षा पन्त र सन्दिप क्षेत्री र परमिता आरएल राणा जोडी भएर प्रस्तुत छन्।
फिल्मलाई दीपेन्द्र के. खनालले निर्देशन गरेका हुन्। डार्क कमेडी फिल्मलाई माधव वाग्ले र शर्मिला पाण्डेले निर्माण गरेका हुन्। प्रदीप भारद्वाजको पटकथा समावशे फिल्ममा अर्जुन पोखरेलको पनि संगीत समावशे छ। निरक कँडेलले खिचेको फिल्मलाई दिर्घ खड्काले सम्पादन गरेका छन्। फिल्मले कात्तिक १६ गतेलाई आफ्नो प्रदर्शन मिति तय गरेको छ।
गीत :