काठमाडौं | फुलपातीको दिनदेखि प्रदर्शनमा आउने फिल्म ‘छक्का पञ्जा ३’को एक गीत रिलिज भइसकेको छ। सार्वजनिक भएको पहिलो नम्बरमा बोलको गीत एकदमै लोकप्रिय पनि बनिरहको छ। युट्युबमा पनि यस गीतलाई निकै रुचाइएको छ।
हाल ‘छक्का पञ्जा ३’को दोस्रो गीतको छायाँकन भइरहेको छ। कविराज गहतराजको नृत्य निर्देशनमा नवलपरासी स्थित सास्वत धाममा फिल्मका मुख्य कलाकारहरुले कम्मर मर्काएका छन्। जहाँ फिल्मका मूख्य कलाकारहरु दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, वुद्धि तमाङ, दीपिका प्रसाई फिचरिङ छन्। भिडियोलाई पुरुषोत्तम प्रधानले खिचिरहेका छन्।
छायांकनरत गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ। ‘पछि उमेर ढल्किन्छ..’ बोलको गीतमा अर्जुन र दीपकराज गिरीको शब्द रहेको छ भने अर्जुनले नै स्वर दिएका छन्।
दीपाश्री निरौलाको निर्देशनमा तयार भएको ‘छक्का पञ्जा ३’मा दीपकराज, जितु, केदार, वुद्धि, दीपिकासँगै निर शाह, किरण केसी, शिवहरी पौडेल, जयनन्द लामा, अनुरागमान सिंह कुँवर, शिशिर राणा, शिशिर वाग्देल, लक्ष्मी गिरी, शारदा गिरी, बसन्त भट्ट, संजोग कोइरालालगायतको अभिनय रहेको छ।