काठमाडौं | फिल्म ‘कथा काठमाडौं’को ट्रेलर रिलिज भएको छ। आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर रिलिज गरिएको हो। सार्वजनिक ट्रेलरमा काठमाडौं भित्र हुने तिन भिन्न भिन्न कथालाई प्रस्तुत गरिएको छ। ट्रेलरमा प्रियंका कार्की र प्रमोद अग्रहरीको इन्टिमेट सिन पनि समावेश छ।
असोज १२ बाट प्रदशर्नमा आउने फिल्मलाई सञ्चारकर्मीसमेत रहेकी संगीता श्रेष्ठले निर्देशन गरेकी हुन्। यस फिल्ममा फिल्ममा प्रियंका र प्रमोदसँगै आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्क्षा अधिकारी लगायतको पनि मुख्य भूमिका रहेको छ।
विजय राईको निर्माण रहेको ‘कथा काठमाडौं’को पटकथा पनि निर्देशक श्रेष्ठले नै लेखेकी हुन्। लुज सिंहले खिचेको फिल्मलाई मित्र गुरुङले सम्पादन गरेका छन्।
ट्रेलर :