काठमाडौं | मंसिर २१ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘प्रसाद’को लिरिकल भिडियो सार्वजनिक भएको छ। मंगलबार युट्युबमार्फत फिल्ममा समावेश ‘लै लै’ बोलको गीत रिलिज गरिएको हो।
गणेश शाहीको शब्द समावेश उक्त गीतमा सुवास भुषालको संगीत तथा केतन क्षेत्रीको स्वर सुन्न सकिन्छ।
विपिन कार्की, नम्रता श्रेष्ठ तथा निश्चल बस्नेत अभिनित स्टारर फिल्मलाई दिनेश राउतले निर्देशन गरेका हुन्। पत्रकार सुशील पौडेलले लेखेको फिल्ममा निःसन्तानका कारण पति र पत्निबीचमा आउने असमझदारी, अविश्वास तथा आफैंमा उत्पन्न एक मानसिक द्वन्द्वसँगै सामाजिक मूल्य-मान्यताविरुद्धको कथा देखाइने छ।
फिल्ममा विकास सुवेदी एसोसिएट निर्देशकको रूपमा रहेका छन्। फिल्ममा कोसिस क्षेत्री र सुवास भुषालको संगीत रहनेछ भने संगीत संयोजन उदयराज पौडेलले गर्नेछन्। फिल्मलाई राजेश श्रेष्ठले खिचेका छन्।
गीत :