काठमाडौं | अहिलेको समयमा एकदमै रुचाइएकी नायिका स्वस्तिमा खड्काले फिल्म ‘हजार जुनीसम्म’मा काम गर्ने भएकी छिन्। विकास आचार्यको निर्देशनमा बन्ने यस फिल्मका लागि स्वस्तिमा फाइनल भएकी हुन्। तर, निर्देशक आचार्यका अनुसार स्वस्तिमासँग कागजी सम्झौता भने हुन बाँकी छ।
निर्देशक आचार्यले भने, ‘हाम्रो फिल्ममा स्वस्तिमा रहने पक्का पक्की नै हो तर कागजी सम्झैता भने भएको छैन्।’ स्वस्तिमाले फिल्ममको कथा सुनिसकेकी छिन्। स्वस्तिमाले कथा रूचाएकी पनि छिन्।
विकास आचार्यले निर्देशन गरेको फिल्म ‘नाई नभन्नु ल ५’मा पनि स्वस्तिमा मुख्य भूमिकामा प्रस्तुत थिइन्। नाई नभन्नु ल ५ वर्षको सफल फिल्ममा गनिन्छ। फिल्मका लागि नायकको भने खोजी भइरहेको छ। बुझिए अनुसार यस फिल्ममा नयाँ कलाकार रहनेछन्। फिल्मको लागि नयाँ अनुहारको खोजी भइरहेको पनि छ।
म्युजिकल लभ स्टोरी फिल्म हजार जुनीसम्ममा निर्देशक आचार्य र सामिप्यराज तिमल्सिनाको बथा तथा पटकथा रहने छ। तिहार पछि छायांकनमा जाने यस फिल्मलाई बाल बलाकार अनुभव रेग्मीका आमा कविता रेग्मीले निर्माण गर्न लागेकी हुन्।