काठमाडौं | प्रदीप खड्का र जसिता गुरुङको मुख्य भूमिका रहने फिल्म ‘लभ स्टेशन’को शुभ मुहूर्त गरिएको छ। सोमबार बिहान पशुपति मन्दिरमा पूजा गर्दै फिल्मको शुभ मुहर्त गरिएको हो।
फिल्मको छायांकान भने शुक्रबार दार्जिलिङबाट सुरु हुनेछ। छायांकनका लागि निमार्ण युनिट मंगलबार दार्जलिङ प्रस्थान गर्दैछ। प्रदीप र जसिता भने बुधबारमात्र त्यहाँ पुग्ने निर्माता गोविन्द शाहीले बताए।
५० दिनको छायांकन तालिका बनाएको यस फिल्मको सम्पूर्ण छायांकन दार्जीलिङ, कालिङपोङ, सिक्किम तथा नेपालको पूर्वी भागमा हुनेछ।
उज्वल घिमिरेले निर्देशनमा तयार हुन लागेको यस फिल्ममा श्रद्धा क्षेत्री, निरुता सिंह, सरोज खनाल, प्रकाश शाह लगायतको मुख्य भूमिका रहनेछ। शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहने यस फिल्ममा आलोक शुक्लाको छायाँकन रहने छ।
‘काफिया फिल्मस्’को व्यानरमा निर्माण हुने यस फिल्ममा काफिया शाही र कविरबिक्रम शाही निर्मताको रुपमा रहेका छन्।