काठमाडौं | नवल नेपालको निर्देशन बन्न लागेको नयाँ फिल्ममा पुष्प खड्का र दीपिका प्रसाईंको रोमान्स पक्का भएको छ। पुनम गौतमले निर्माण गर्ने यस फिल्मका लागि दीपिका प्रसाईं पनि जोडिएकी छिन्।
दीपिका र निर्माण युनिटबीच मौखिक सम्झौता भए पनि लिखित सम्झौता भने हुन बाँकी छ। यस फिल्ममा अर्की नायिका रेविका गुरुङ पनि फाइनल थिइन्।
म्युजिक भिडियोमा हुदै फिल्म क्षेत्रमा प्रवेश गरेका पुष्पले ‘मंगलम’बाट निकै चर्चा कमाएका थिए। त्यस्तै, आफ्नो पहिलो फिल्म ‘ऐश्वर्य’बाट चर्चामा आएकी नायिका दीपिका प्रसाईं रुचाइएकी नायिकामा पर्छिन्।
त्यस्तै, ‘लिलिबिली’मा अभिनय गर्ने खबरले चर्चा आएकी रेविकाले ‘लिलिबिली’मा भने काम गरिनन्। रेविकाको यही डेब्यु फिल्म हो।
माघ १५ गतेबाट छायांकनमा जाने तयारीमा रहेको यस फिल्ममा अर्जुन पोखरेल, कृष्ण काफ्लेको संगीत रहनेछ। फिल्मको नाम भने अहिले तय गरिएको छैन।