काठमाडौं | फिल्म ‘न यता न उता’को पहिलो गीत रिलिज भएको छ। बिहिबार युट्युबमार्फत फिल्ममा समावेश ‘चोलीको तुना’ बोलको गीत सार्वजनिक गरिएको हो। फिल्मका मुख्य कलाकार फिचरिङ भिडियोमा ऋचा शर्मा, छुल्ठिम गुरुङ, समिर दिक्षित र मिराज रोशनको नृत्य प्रस्तुत गरिएको छ।
एक नारायण भण्डारीको शब्द तथा मिलन जलन र राजन इशानको संगीत संयोजन रहेको गीतमा गीतमा राजन इशान, मिलन अमात्य, राजन राज सिवाकोटी र मिना सिंहको आवाज सुन्न सकिन्छ। भिडियोमा विक्रम स्वाँरको नृत्य निर्देशन रहेको छ।
मिराज रोशन र विशारद बस्नेतको निर्देशनमा तयार भएको फिल्ममा बुद्धी तामाङ, रविन्द्र झा, राजाराम पौडेल, कमलमणी नेपाल, नम्रता सापकोटा, सेल्सा जिरेल, जिवन भट्टराईलगायतको पनि अभिनय रहेको छ।
गीत :