काठमाडौं | मंसिर २१ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘प्रसाद’को नयाँ गीत सार्वजनिक भएको छ। आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्ममा समावेश ‘बनकी चरी’ बोलको गीत सार्वजनिक गरिएको हो।
भिडियोमा अभिनेता विपिन कार्की गायक बनर्का छन्। शिव विकको नृत्य निर्देशनमा तयार भएको भिडियोमा निश्चल बस्नेत र अन्जली अधिकारीको नृत्य देख्न सकिन्छ। सार्वजनिक उक्त गीतमा रुपक डोटेल र अञ्जु पन्तको स्वर, सुवाष भुषालको शब्द तथा वि. पाण्डेले संगीत सुन्न सकिन्छ।
दिनेश राउत निर्देशित फिल्ममा नम्रता श्रेष्ठको पनि मुख्य भूमिका रहेको छ। पत्रकार सुशील पौडेलले लेखेको फिल्ममा निःसन्तानका कारण पति र पत्निबीचमा आउने असमझदारी, अविश्वास तथा आफैंमा उत्पन्न एक मानसिक द्वन्द्वसँगै सामाजिक मूल्य-मान्यताविरुद्धको कथा देखाइने छ।
फिल्ममा विकास सुवेदी एसोसिएट निर्देशकको रूपमा रहेका छन्। फिल्ममा कोसिस क्षेत्री र सुवास भुषालको संगीत रहनेछ भने संगीत संयोजन उदयराज पौडेलले गर्नेछन्। फिल्मलाई राजेश श्रेष्ठले खिचेका छन्।
गीत :