काठमाडौं | नेपाली फिल्म क्षेत्रको पहिलो अभिनेत्री भुवन चन्दले फिल्म ‘साइनो’ घोषणा गरेकी छिन्। दशक अगाडि भुवन केसी र तृप्ती नाडकर अभिनित सफल फिल्म ‘साइनो’को नाम सापटी लिएर यस फिल्म निर्माण गर्न लागिएको हो।
त्रिकोणात्मक लभ स्टोरी यस फिल्मलाई रमेश थापाले निर्देशन गर्न लागेका हुन्। फिल्ममा निता ढुंगाना, मिरुना मगर र राजकुमारको मुख्य भूमिका रहने छ। राजकुमारले यसै फिल्मबाट डेब्यु गर्न लागेका हुन्। फिल्ममा भुवन चन्द, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, धमेन्द्र आचार्य, विशाल पहाडी, वसुकला मैनाली लगायतको पनि अभिनय रहनेछ।
शरण थापा कार्यकारी निर्माता रहेको यस फिल्ममा अभिमन्यू निरवीले लेखन, वसन्त सापकोटाको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन, रोक्कन विक्रम भट्टराईको द्वन्द्व रहनेछ। रामेश्वर कार्कीले खिच्ने फिल्मलाई वनिश शाहले सम्पादन गर्नेछन्।