काठमाडौं : यसअघि मंसिर ७ गते रिलीज हुने भनिएको नेपाली फिल्म ‘दि कर्मा’ माघ ४ गतेलाई सरेको छ। फिल्मका निर्माता जयराज रायका अनुसार विशेष कारणवश यस फिल्मलाई माघ ४ मा सारिएको हो।
देव कुमार श्रेष्ठले निर्देशित यस फिल्मले नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनालाई प्रस्तुत गरेको छ। जय मिडिया म्यानेजमेन्ट प्रा.लि.को ब्यानरमा बनेको ‘दि कर्मा’को कथा निर्माता राय आँफैले लेखेका हुन्। निशा खतिवडा निर्मात्रीको रुपमा रहेको फिल्मको छायांकन नेपालको तराई क्षेत्रमा भएको हो। फिल्मलाई रामेश्वर कार्कीले छायांकन गरेका छन्।
भारतका मोडल तथा कलाकार करण वर्माको अभिनय रहेको यस फिल्ममा करणका अलावा नीता ढुंगाना, परमिता राज्यलक्ष्मी राणा, बुद्दी तामाङ्ग, देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतको अभिनय रहेको छ।