काठमाडौं : डेब्यु फिल्म मार्फत नै राइजिङ स्टारको ट्याग पाएका सलिन मान बनिया पछिल्लो समय फिल्म ’यात्रा अ म्युजिकल भ्ल्ग’को डबिङमा व्यस्त छन्। दोस्रो फिल्म मार्फत आफ्नो स्टारडम झनै बढाउने गरि काम गरिरहेका सलिनको डबिङसँगै काम अन्तिम चरणमा पुगेको छ। चकलेटी फेस अनि कोरियन लुक्स भएका कारण उनका फ्यान स्वदेशसँगै विदेशमा पनि उतिकै छन्।
फिल्ममा सलिनले गरेको डान्स र फाइटको चर्चा यतिबेला टिममा छ। ‘सलिन निकै मेहेनती छन्, उनले आफूलाई बेस्ट देखाउन मेहनत गरेका छन्’ निर्देशक सम्राट शाक्यले बताए। फिल्मको डबिङ गरिरहेका सलिन पनि खुसि छन्। ‘हामीले सोचेकै दृश्यलाई पर्दामा देखिरहेको छु’ उनले भने ’फिल्मको लागि टिमले निकै मेहनत गरेका छौ।’ उनले डबिङकै क्रममा फिल्म पनि हेरिरहेका छन्। ’रमाइलो भईरहेको छ’ सलिन भन्छन ’दोस्रो फिल्ममा आइपुग्दा आफुलाई झनै परिपक्क बनाउदैछु।’ सलिन फिल्मबाट निकै आश्वादी छन्।
फिल्ममा सलिनसँगै, सलोन बस्नेत, जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेशजंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, बिशाल पहाडी, प्रजोल भट्टराई, देशभक्तखनाल, कमल मैनाली, सौगात शर्मा लगायतको अभिनय रहेको छ।
यसै फिल्म मार्फत् मल्लिका महतले डेब्यु गर्दैछिन् भने यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ। फिल्ममा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन्।
निर्देशक शाक्यकै कथा रहेको फिल्मलाई ‘कोटकी कालिका देवी फिल्मस्’, ‘क्रिएटिभ फिल्म प्रोडक्सन’ र ‘हरि ओम सिने मेकर्स’को ब्यानरमा निर्माण भएको छ। केशव भट्टराई, चिज कुमार श्रेष्ठ प्रस्तुतकर्ताका रुपमा रहेको फिल्ममा बिक्रम पराजुली, मुक्ति तिम्सिना र राम शरण घिमिरेको पनि फिल्ममा लगानी रहेको छ। फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन्।
निर्देशक शाक्य, सुरेश न्यौपाने, प्रतिक पौडेल र शिशिर खातीले लेखेको फिल्मको मुख्य सहायक निर्देशक सुरेश नै हुन्। संजय लामाले खिचेको फिल्ममा शम्भुजित बास्कोटा, प्रतिक पौडेल र कोविद बज्रको संगीत, कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द, बनिश शाहको सम्पादन रहेको छ।