काठमाडौं | ‘अझै पनी’ निर्मात्री पुनम गौतमले निर्माण गर्ने फिल्म मारूनीको औपचारिक निर्माण घोषणा गरिएको छ। मंगलबार फिल्मको फस्टलुक पोस्टर सार्वजनिक गर्दै एक विशेष समारोहका बीच फिल्मको निर्माण घोषणा गरिएको हो।
कार्यक्रममा कलाकार तथा फिल्म निर्माण टीमको फरक तरिकाले परिचय दिइएको थियो। कलाकार तथा निर्माण युनिट र्याम्पमा उत्रिएका थिए।
नवल नेपालको निर्देशनमा बन्ने यस फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का र रेविका गुरुङको मुख्य भूमिका रहने छ। लभ स्टोरी जनरामा निर्माण हुने यस फिल्मले दुई सुन्दर युवतीको कथा बोल्ने निर्देशक नेपालले बताए।
‘पुनम इन्टरटेन्टमेन्ट’को व्यानरमा निर्माण हुने यस फिल्ममा अजय पोखरेल र राजा प्रधानको पनि लगानी रहने छ। फिल्ममा सुनिशा क्षेत्री, अरुण राज, आयुष प्रधान, शंखर सेढाइ, सायरा आचार्य, आभाष सिंह, स्वर्णिम पौडेल र सौर्य अधिकारीको पनि अभिनय रहने छ।
गोविन्द फुयाँलको कथा रहेको फिल्ममा अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत रहने छ। माघको दोस्रो साताबाट छायांकनमा जाने फिल्मलाई संजय लामाले खिच्नेछन्।