काठमाडौं | आशिरमान देशराज जोशी अभिनित फिल्म ‘द ब्रेकअप’ले आफ्नो प्रदर्शन मिति हेरफेर गरेको छ। पुस २७ गतेबाट रिलिज हुने भनिएको यस फिल्म अब भने फागुन १७ मा पुगेको छ। निर्माण युनिटले फिल्मको प्रविधिक काम नसकिएको भन्दै फिल्मलाई पछाडि धकेलेको हो।
रोचक कुरा त के छ भने, फागुन १७ गते नै अहिलेका स्टार अभिनेता अनमोल केसी अभिनित फिल्म ‘क्याप्टेन’ रिलिज हुदैँछ। अनमोलको क्याप्टेनसँग ‘द ब्रेकअप’ जुध्न तयार भएको हो।
फगुन १७ मा नै फिल्म ‘जात्रा’को सिक्वेल फिल्म ‘जात्रै जात्रा’ले पनि रिलिज मिति घोषणा गरेको छ। तर, अभिनेता विपिन कार्कीको दुर्घटनाका कारण फिल्मको छायांकन रोकिएको छ। यसअर्थमा फिल्मको काम फागुन १७ मा सकिने देखिदैँन्।
हेमराज विसी निर्देशित फिल्म ‘द ब्रेकअप’मा आशिरमानसँगै शिल्पा मास्के, इच्छा कार्की, सरोज खनाल, रेमनदास श्रेष्ठको पनि मुख्य भूमिका रहेको छ भने दिवाकर भट्टराईको निर्देशनमा तयार भएको ‘क्याप्टेन’मा अनमोलसँगै उपसना सिंह ठकुरी, प्रियंका एमवी, प्रशान्त ताम्राकार, सुनिल थापा, सरोज खनालको पनि मुख्य भूमिका रहेको छ।