काठमाडौं : फिल्म’अनागत’ युनिटले राजधानीमा पत्रकार सम्मेलनको आयोजनागर्दै फिल्मबारे जानकारी गराएको छ। मनोविज्ञानमा आधारित फिल्मले एक परिवारको कथा देखाएको छ। एक परिवारमा शंका उत्पन्न भएपछी आउने परिस्थितिलाई फिल्ममा देखाइएको हो।
फिल्ममा अर्पण थापा, प्रियंका कार्की, प्रविन खतिवडा, रोसिन सुबेदीलगायतको अभिनय रहेको छ। फिल्ममा प्रियंका कार्की र अर्पण थापाले श्रीमान र श्रीमतीको भूमिका निर्वाह गरेका छन्।
प्रमोसन म्याटेरियल रिलिज समारोहमा अर्पण , प्रियंका , प्रविन , रोसिन लगायत उपस्थित थिए। ‘लेटर’मार्फत् निर्देशनमा डेब्यु गरेका साम्तेन भुटियाले फिल्मलाई निर्देशन गरेका हुन्। सस्पेन्स थ्रिलर श्रेणीमा बनेको फिल्मलाई माउन्टेन रिभर फिल्म्स र टाइनी बट बिग पिक्चर्सको ब्यानरमा समीर उपाध्याय, चन्द्र कुमार झा, स्व. निलु डोमा शेर्पा र निर्देशक भुटिया स्वयमले संयुक्त रुपमा निर्माण गरेका हुन्। फिल्मलाई सिसन बानियाँले खिचेका हुन् भने चन्द्र कुमार झाको कथालाई प्रवचन श्रेष्ठ र भुटियाले पटकथाको स्वरूप दिएका हुन्।
निर्देशक भुटिया फिल्मले एउटा परिवारको कथा भन्ने बताए। उनले भने, ‘यसमा परिवारमाआउने समस्यालाई चित्रण गरेका छौ। फिल्ममा मैले सोचेको झैँ प्रियंका र अर्पणले आफुलाई प्रस्तुतगर्नु भएको छ। यो फिल्म सस्पेन्स थ्रिल जनरको फिल्म हो , जसमा शंका उतपन्न गर्ने अवस्थालाई देखाइनेछ।’
त्यस्तै अर्पण थापा यस फिल्मले एक किसिमको दर्शकलाई भने आनन्द दिलाउने दावी गरे।
प्रियंका कार्की आफू यस फिल्ममा हाउस वाइफको भूमिकामा देखिएकी छिन् । उनले भनिन्, ‘फिल्मले नजिकबाट जीवनको यथार्थलाई देखाउने प्रयास गरेको छ। फिल्मले फरक स्वाद रुचाउने दर्शकलाई निराश बनाउदैन।’