नेपाली फिल्म क्षेत्रमा कुनै समय निरुता सिंहको राज चल्दथ्यो। तर, उनी फिल्म क्षेत्रबाट टाढा भएपछि उनको क्रेज घटेको छ।
निरुताले फिल्म ‘नाई नभन्नु ल ५’मा काम गरेर कमब्याक गरिन्। अहिले उनले दाल भात तरकारीको छायाँकन समेत सकाएकी छिन्।
अहिले निरुतालाई फिल्मको अफरहरु पनि आइरहेका छन्। तर, उनको पारिश्रमिक धेरै भएका कारण निर्माता निर्देशक पछाडि सर्न बाध्य छन्।
निरुताले ‘हजार जुनी सम्म’मा अभिनय गर्ने पक्का भएको थियो। तर, अन्तिम समयमा आएर उनले हात झिकिन्। उनले फिल्मका लागि ५ लाख रुपैयाँ डिमाण्ड गरेको सुनिन्छ। निरुताले ५ लाख मागेपछि यसका निर्देशक विकासराज आचार्यले यती रकम दिन नसक्ने भने।
निरुताले चलचित्र ‘सम्हालिन्छ कहिले मन’मा पनि यति नै रकम मागिन्। त्यसैले यस चलचित्रमा पनि निरुता रहिनन्।
निरुताको बढेको पारिश्रमिकले उनैलाई अफ्टायारो पारिरहेको छ।