माघ १८ गतेबाट रिलिज हुने फिल्म रणवीरबाट सुपुष्प भट्टले नेपाली फिल्म जगतमा डेब्यु गर्दैछिन्। चार्टर एकाउन्टकि विधार्थी भएता पनि उनलाई फिल्मलाई आउने रहर थियो। सानै उमेरदेखि फिल्ममा रुचि भएकी सुपुष्पा रणवीरबाट डेब्यु गर्न पनउँदा खुसी लागेको बताउँछिन् । ‘अडिसन मार्फत नै फिल्ममा चयन भएकी हु’ सुपुस्पा भन्छिन् ‘सानै देखि फिल्ममा आउने चाहना थियो , रणवीरलाई फिमेल क्यारेक्टर चाहिएको छ भन्ने थाह पाएपछि अडिसनमा पुगेर सेलेक्ट भएकी हु।’
उनलाई फिल्ममा आउने रहर त थियो तर चिनजान भने कोहिसँग थिएन । तर उनले आफ्नो ईच्छा एकपटक प्रशान्त ताम्राकारसँग शेयर गरेकी थिइन्। अडिसनको खबर पनि प्रशान्त मार्फत नै उनले पाइन्। ‘मलाइ प्रशान्त सरले भन्नु भएपछी इन्टरनेशनल क्लब सानेपा गएर अडिसन दिए’ सुपुस्पाले अडिसनको समयलाई सम्झिदै भनिन् ‘मैले पहिला आफैले एउटा डायलग बोले त्यसपछि सुशीलजीसँग एउटा सिन दिनु भयो , त्यो गरेर फर्किए।’ उनलाई बेलुकी मात्र आफु सेलेक्ट भएको थाह भयो, त्यसपछी खुसि भईन्।
‘फिल्मनगरिलाई मैले रणवीर मार्फत नै सिके र बुझ्दैछु’ उनले आफुले पाएको मौकालाई खेर नजान दिएको बताउछिन। किनकी उनले सोचेकी थिइन्, यति छिटै फिल्ममा आफुलाई पाउछु भनेर। ‘निकै राम्रो टिम पाएको छु, सपोटिभ हुनुहुन्छ, सिकाउनु हुन्छ, बुझाउनु हुन्छ’ उनि भन्छिन् ‘मलाइ घरबाट पनि निकै सपोर्ट गर्नु हुन्छ।’ उनि सिएको विधार्थी भएपनि उनलाई घरबाट पूर्ण सपोर्ट छ।
फिल्मको सार्वजानिक सामाग्री गीत र ट्रेलरमा देखिदा नै उनलाई म्युजिक भिडियो , एड तथा केहि फिल्मको अफर आइसकेको छ , तर उनि रणवीरको रिजल्ट कुर्दै्छिन् । ‘मलाइ कस्तो रुपमा लिनु हुन्छ दर्शकले भन्ने लागिरहेको छ’ सुपुस्पा भन्छिन् ‘रणवीर रिलिजपछी मात्र अन्य प्रोजेक्टमा जोडिन्छु ।’
उनि फिल्म र आफ्नो काम प्रति विश्वस्त छिन र यसको श्रेय टिमलाई दिन्छिन् । ‘टिमको सबै सदस्यले उतिकै सपोर्ट गर्नु भयो यसैले फिल्ममा राम्रो काम गरे जस्तो लाग्छ’ उनले आफुलाई रणवीर टिमनै अर्को फ्यामिली फिल हुन् थालेको बताइन ।
यसै फिल्म मार्फत उनिसँगै सन् २०१२ कि मिस नेपाल इन्टरनेशनल सुबेक्षा खड्का पनि डेब्यु गर्दै्छिन् । फिल्ममा सुशील सिटौला शिर्ष भूमिका अर्थात रणवीरको भूमिकामा छन् । यसमा प्रशान्त ताम्राकार टिका पहाडी , नरेश पौडेल , रवी गिरी र हरिहर शर्मा ,जीवन भट्टराई , भोलाराज सापकोटा , शैलेश्वरी सिंह , जगदीश रिजाल , बसन्ती भट्ट लगायतको पनि अभिनय रहेको छ ।
फिल्मलाई प्राची फिल्म्स र डिआर फिल्मको ब्यानरमा गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा माया , मित्रता र बदलाको कथालाई प्रस्तुत गरिएको छ ।
यसमा कथा , पटकथा , संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ । फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।