बलिउड स्टार सलमान खान अभिनित फिल्म ‘भारत’को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरमा सलमानको विभिन्न रुप देख्न सकिन्छ। उनी यस फिल्ममा भारत बनेर अभिनय गरेका छन्।
टिजरमा सलमान दमदार डाइलगसँग धमाकेदार इन्ट्री देखाइएको छ। टिजरमा सलमान खानलाई मात्र देखाइएको छ। लगातार दुइवटा इदमा असफल चलचित्र दिएका उनले यस इदमा भने तहल्का पिट्ने दाउ गरिरहेका छन्।
अली अब्बास जफरको निर्देशनमा बनेको यस फिल्ममा तब्बु, कट्रिना कैफ, ज्याकी श्राफ, सोनाली कुलकर्णी, दिशा पटानी, नोरा फातेही लगायतको पनि अभिनय रहेको छ।