कपिल शर्माले चलाएको ‘द कपिल शर्मा शो’ एक वर्ष बन्द भयो। बन्द हुनुमा यसका मूख्य संचालक कपिल शर्मा र को-स्टार सुनिल ग्रोवरबीचको कलह कारण थियो। कुनै कार्यक्रममा सहभागी भएर भारत र्फकदै गर्दा हवाइजहाजमै उनीहरुबीच विवाद भयो।
उनीहरुको विवादले दुबैलाई असर गर्योक। उनीहरु दुबै सतहमा आइपुगे। कपिल एक वर्ष काम विहिन भए भने सुनिल उर्फ मसुर गुलाटीले एक शो चलाए। तर, उक्त शोले दर्शकको मन जितेन र उनले त्यो शो बन्द नै गर्नुपर्योल।
अहिले भने कपिल शर्माले पुन: कपिल शर्मा शो सुरु गरेका छन्। यस शोले निकै चर्चा पनि पाइरहेको छ। यस्तैमा यो शोमा पुन: मसुर गुलाटीको पुनरागमन भएको छ। कपिल शर्माको ‘दूर्व्यवहार’बाट रुष्ट भएर लाखापाखा लागेका सुनिल ग्रोवर द कपिल शर्मा शोमा फर्किएका छन्।
‘कपिल शर्मा शो’ पहिलो सिजनमा निकै रुचाइएका पात्र थिए, डक्टर मसुर गुलाटी अर्थात् सुनिल ग्रोवर। तर, दोस्रो सिजनका केही भाग चलिसक्दा पनि उनलाई दर्शकले उक्त शोमा देख्न पाएका थिएनन्। अब भने सुनिल ग्रोवर पुनः कपिल शर्मा शोमा देखिन थालेका छन्।
सुनिल कपिलको शोमा बलिउड स्टार सलमान खानको आग्रहमा फर्किएका हुन्। कपिल शर्माको दोस्रो सिजनलाई सलमान खानले नै निर्माण गरेका हुन्।