रमित ढुंगानाले महंगो रकम लिएर काम गर्न लागेको फिल्मको नाम फाइनल भएको छ। उनले काम गर्न लागेको फिल्मको नाम ‘राजा साहेब’ राखिएको छ। रमितले यस फिल्मका लागि १८ लाख पारिश्रमिक बुझेका छन्।
निर्माण युनिटले फिल्मको नाम बिकास बोर्डमा दर्ता नभएकाले यसलाई सार्वजनिक गर्न डराइ रहेको थियो। तर, रमितले फिल्मको नाम राजा साहेब भएको र आफू राजा साहेब बन्न लागेको खुलाइदिएका छन्।
चाडै नै छायांकनमा जाने तयारीमा रहेको फिल्मलाई विचल राईले निर्देशन गर्दैछन्। फिल्ममा सरु राईको लगानी रहने छ।