‘प्रेम गीत’ र ‘प्रेम गीत २’को सफलतासँगै निपर्माण युनिट अहिले यसको तेस्रो सिरिज ‘प्रेम गीत ३’को निर्माणमा जुटेको छ । प्रदीप खड्कालाई स्टार बनाउने ‘प्रेम गीत’ नै हो । प्रेम गीत २ ले प्रदीपको करिअरलाई बुस्ट गरेको थियो ।
अहिले प्रेम गीत ३ निर्माण हुने तयारी भइरहँदा प्रदीप पनि यस टिमसँग सँगै छन् । प्रेम गीतलाई सुदर्शन थापाले निर्देशन गरेका थिए भने दोस्रो भागलाई रामशरण पाठकले निर्देशन गरे । तेस्रो सिरिजलाई भने छेतन गुरुङ तय भएका छन् ।
अहिले फिल्मको स्कृप्टमा काम भइरहेको छ । स्कृप्टमा काम हुँदै गर्दा फिल्मको अफर लिएर निर्माण युनिट महानायक राजेश हमालसम्म पुगेको छ । फिल्ममा भएको पिताको भूमिकाको लागि राजेशलाई अफर गरिएको छ । फिल्ममा उनी प्रदीपको पिता बन्नुपर्ने छ ।
तर, राजेशले यस फिल्म साइन गरिसकेका भने छैनन् । उनी फाइनल स्कृप्ट पढेर मात्र अन्तिम निर्णय लिने बताउँछन् । तर, फिल्मलाई लिएर राजेश सकरात्मक देखिएका छन् ।
फिल्ममा कलाकारको रुपमा अहिलेसम्म प्रदिप खड्का मात्र फाइनल छन् । प्रदिपको जोडी नायिका भने खोजी भइरहेको छ । बुझिए अनुसार फिल्ममा नयाँ अनुहार देखिनेछ ।