चकलेटी नायक आर्यन सिग्देल बुबा बन्दैछन् । बिबाह गरेको ४ वर्षपछि उनी बुबा बन्न लागेका हुन् । उनको सन्तानले २०७६ सालको सुरुवातमा जन्म लिदैँछन् ।
बच्चा जन्मिनु भन्दा करिव एक महिना अगाडि आर्यनले गर्भवती श्रीमती सपना भण्डारीसँग केही रोमान्टिक तस्विर खिचाएका छन् । तस्विरमा सपना र आर्यन निकै रोमान्टिक बनेका छन् । बुबा-आमा बन्न लागेको मा उनीहरुको खुसी त्यहाँ देखिन्छ ।
आर्यन र सपनाले लामो समय प्रेममा रहेर बिबाह गरेका थिए ।