फिल्म ‘यात्रा: अ म्युजिकल भल्ग’ अहिले प्रचार प्रसारमा लागिरहेको छ । रिलिज मिति नजिकिँदै गर्दा फिल्म युनिटले विभिन्न तवरबाट बफ्नो फिल्मको प्रचार गरिरहेको छ । यस्तैमा गत फागुन १६ देखि चलिरहेको औधोगिक मेलमा शनिबार निर्माण युनिट पुगेर फिल्मको प्रचार गरेको छ ।
२० हजारको हाराहारीमा दर्शक उपस्थित रहेको उक्त मेलामा फिल्मका मुख्य कलाकार सलिनमान बनिया केन्द्रमा परेका थिए । उक्त मेलामा सलिनसँगै सलोन बस्नेत, मलिका महत, जान्हवी बस्नेत, रेअर राई, विशाल सापकोटा, प्रेक्षा बज्राचार्य सहित निर्माता सुशील पोखरेल र प्रस्तुतकर्ताद्वय केशव भट्टराई र चिज कुमार श्रेष्ठ मेला पुगेका थिए।
सलिन झन्डै १० मिनेट स्टेजमा रहदा उनले फिल्मकै गीत चट्ट रुमालमा नृत्य गर्नुका साथै आफ्नो फिल्मको डायलग समेत सुनाए । उपस्थित सम्पूर्ण कलाकारले चट्ट रुमालमा नृत्य गरेका थिए भने सलोनले पनि आफ्नो भूमिकाको बारेमा प्रस्ट्याउदै यात्रा हेर्न आग्रह गरेका थिए । उनले पनि आफ्ना फेमश डायलग सुनाए ।
सलिन भ्ल्गिस्टको भूमिकामा छन् । यात्राको क्रममा आउने घटनाक्रमलाई फिल्ममा प्रस्तुत गरिएको छ । फिल्मलाई जर्नी लभ स्टोरी भनिएको छ भने यसमा यात्राले ल्याउने परिस्थितिलाई देखाइने छ । कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड, क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको फिल्मलाई सम्राट शाक्यले निर्देशन गरेका छन् ।