फिल्म ‘शुभ लभ’को ‘स्याड भर्सन’ गीत रिलिज भएको छ। मंगलबार युट्युबमार्फत् ‘टुक्रियो एउटा सपना’ बोलको गीत सार्वजनिक गरिएको हो। गीतको भिडियोमा फिल्मका मुख्य कलाकार हरिहर अधिकारी प्रेम विगोगान्तलाई देखाइएको छ। सार्वजनिक उक्त गीतमा स्वर, संगीत तथा शब्द विशाल निरौलाको रुहेको छ।
प्रदिपकुमार उदयको प्रस्तुतिमा तयार भएको यस फिल्मलाई सन्तोष बाबु लोहनीले निर्देशन गरेका हुन्। चैत्र १५ बाट प्रदर्शनमा आउने फिल्ममा हरिहरसँगै क्रिष्टिन पौडेल, सरोज खनाल, राजाराम पौडेल, प्रदिप बास्तोला, रविन्द्र झा लगायतको मुख्य भूमिका रहेको छ।
धर्मराज शर्मा सुवेदीको लगानी रहेको फिल्ममा रामेश्वर कार्कीको छायांकन, अभिमन्यू निरबीको पटकथा तथा संवाद, वन नेपाल स्टन्ट टिमको एक्सन, बनिष शाह र भूपेन्द्र अधिकारीको समपादन छ।