अनमोल केसी स्टारर फिल्म ‘ए मेरो हजुर ३’को रोमान्टिक गीत रिलिज भएको छ। शुक्रबार युट्युब मार्फत् ‘जीन्दगी नै भन्दिन’ बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक उक्त गीतको भिडियोमा अनमोलसँग डेब्यू गर्ल सुहाना थापाले रोमान्स गरेकी छिन्।
सार्वजनिक गीतमा स्वर सुगम पोखरेल र प्रविशा अधिकारीको छ। एकनारायण भण्डारीको शब्द रहेको गीतमा आशिष अबिरलले संगीत भरेका छन्।
झरना थापाको निर्देशनमा बनेको ‘ए मेरो हजुर ३’लाई सुनिलकुमार थापाले निर्माण गरेका हुन्। ‘सुहाना इन्टरटेन्मेन्ट’को ब्यानरमा तयार भएको फिल्ममा कथा निर्देशक थापासँगै सुमन पौडेलको छ। बाबुराम दाहाल, छेतेन गुरुङ, सुमन पौडेल र प्रतिक पौडेलले स्कृनप्ले तथा संवाद लेखनमा साझेदारी गरेका छन्।
चैत्र २९ गतेबाट रिलिज हुने फिल्ममा अनमोल र सुहानाको अलवा अर्पण थापा, सलोन बस्नेत, रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम, विशाल पहारी, सरोज खनाल लगायत लिड अभिनयमा छन्।