अनमोल केसी स्टारर ‘ए मेरो हजुर ३’को शीर्ष गीत रिलिज भएको छ। ‘सत्य भन्छु’ बोलको गीतमा प्रताप दासको स्वर रहेको छ। रवि मल्लको शब्द समावेश गीतमा कल्याण सिंहको संगीत सुन्न सकिन्छ। गीतको भिडियो भने सार्वजनिक गरिएको छैन्।
झरना थापा निर्देशित फिल्ममा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, रेअर राई लगायतको मुख्य भूमिका रहेको छ। झरनाको छोरी सुहानाले यसै फिल्मबाट डेब्यु गर्दैछिन्।
चैत २९ गतेबाट रिलिज हुने यस फिल्मलाई सुनिलकुमार थापाले निर्माण गरेका हुन्।