हामी वर्ष २०७५ को अन्त्यमा आइपुगेका छौँ । यस वर्षको फिल्म व्यापारलाई हेर्ने हो भने उदेकलाग्दो नै छ । आशलाग्दा चलचित्रहरुले पनि आशातित व्यापार गर्न सकेनन् । केही सिमित फिल्मले मात्र लगानी बचाउन सके भने तीन फिल्ममात्र नाफामा गए ।
यस वर्षलाई हेर्ने हो भने स्टारका चलचित्रहरु चलेनन् । कलाकारको पारिश्रमिकको विषयमा धेरै समचारहरु आए पनि उनीहरुको स्टारडम हलमा देखिएन । साच्चिकै यो वर्ष त नेपाली फिल्म क्षेत्रको लागि त कालो वर्ष नै सावित भयो ।
यो वर्ष १०० फिल्महरु रिलिज भए । बैशाख ७ गते रिलिज भएको स्वर्ग मेरो गाउँबाट सुरु भएको यस वर्ष चैत २९ गते रिलिज हुने दुई फिल्म ए मेरो हजुर ३ र यात्रामा आएर सकिनेछ । दुई फिल्मलाई आशातित फिल्मका रुपमा हेरिएको छ ।
ए मेरो हजुर ३ र यात्रालाई छोड्ने हो भने, छक्का पञ्जा ३, जय भोले र नाई नभन्नु ल ५ ले नाफा कमाए । प्रसाद, इन्टु मिन्टु लण्डनमा, रामकाहानी, क्याप्टेन लगायतका फिल्मले आफ्नो लगानी बचाए । तर, बाकीँ फिल्मको लगानी बालुवामा पानी नै भयो ।
आज हामी यहाँ हाम्रो नजरमा उत्कृष्ट लागेका पाँच नायक/नायिकाको विषयमा चर्चा गर्नेछौँ ।
उत्कृष्ट ५ नायक
१. दीपकराज गिरी
यो बर्ष कलाकार दिपकराज गिरीको एक मात्र फिल्म रिलिज भयो । उनले अभिनय गरेको फिल्म ‘छक्का पन्जा ३’ नेपाली बक्स अफिसमा सर्वाधिक धेरै कमाउने फिल्म कहलियो । नेपाली बक्स अफिसमा सर्वाधिक कमाई गर्ने कलाकारमा दीपकराज गिरी नै पर्छन् ।
यस वर्ष दीपकराज फिल्मको कारण बाहेक अन्य विभिन्न कारणबाट पनि चर्चामा रहे । फेसबुक स्टाटसदेखि उनले दिने विभिन्न अभिब्यक्तीहरु समचार बनिरहे । वर्ष भरी दीपकको चर्चा भइरह्यो । त्यसैले पनि दीपकराज गिरीलाई १ नम्बरमा राख्न सकिन्छ ।
२. अनमोल केसी
नायक अनमोल केसी यो बर्ष पनि निकै चर्चाको विषय बने । उनी अभिनित दुई फिल्म यो वर्ष रिलिज भए । ‘क्याप्टेन’ रिलिज भइसकेको छ भने अर्को फिल्म ‘ए मेरो हजुर ३’ चैत्र २९ गते रिलिज हुँदैछ ।
अनमोल अभिनित दुई फिल्म मात्र रिलिज भएपनि वर्षभरी अनमोलको समचारहरु मिडिया आइरहे । अनमोलको क्रेज मिडियामा मात्र नभएर दर्शकमा पनि उत्तिकै देखियो । अनमोल केसीका लागि यो बर्ष पनि दर्जनौ फिल्मका अफर पुगे ।
अनमोलको ‘क्याप्टेन’ले बक्स अफिस सन्तोषजनक कमाई गर्न सफल भयो । अनमोलको क्रेज र दर्शकको आकर्षणलाई हेरेर अनमोललाई दोस्रो नम्बरमा राख्दा फरक नपर्ला ।
३. विपिन कार्की
यो वर्ष विपिन कार्की अभिनित हरी, प्रसाद र गोपी रिलिज भए । हरी र गोपी बकुस अफिसमा नराम्रो सँग चिप्लिए भने प्रसादले आफ्नो लगानी बचायो । तर, विपिनले निर्वाह गरेको भूमिका तीन वटै फिल्ममा प्रशंसा योग्य छ । उनको अभिनयको तरिफ नगर्ने कमै भए ।
सलिन स्वभावका विपिनका पनि विभिन्न समचारहरु आइरहे । तीनवटा फिल्म रिलिज हुदाँ उनी लगतार मिडियामा छइरहे । दर्शकले पनि विपिनको कामको प्रशंसा नै गरे । त्यसैले पनि विपिनलाई ३ नम्बरमा राख्न सकिन्छ ।
४. प्रदीप खड्का
नायक प्रदिप खड्काको यो बर्ष २ वटा फिल्म रिलिज भए । तर, दुबै फिल्मबाट प्रदीपले सफलता भने पाएनन् । उनले अभिनय गरेको रोज र लभ स्टेशन दुबै फ्लप भयो । फिल्म सफल नभएपनि मिडियामा प्रदीपको क्रेज राम्रो बन्यो ।
फिल्मकर्मीको नजरमा पनि उनी परिरहे । उनलाई महंगो पारिश्रमिक तिरेर आफ्नो फिल्ममा लिन जो कोही निर्माता पनि तयार थिए । दर्शकमा उनको क्रेज, मिडियामा आएको समचार र उनीसँग सम्बन्धित गसिपहरुका कारण उनी वर्षभरी चर्चित बने । त्यसैले उनलाई ४ नम्बरमा राख्न सकिन्छ ।
५. दयाहाङ राई
यो बर्ष नायक दयाहाङ राई अभिनित ह्याप्पी डेज, भैरे, साइँली रिलिज भए । तर, दयाका यी तीन वटै फिल्मले बक्स अफिसमा भने कमालको व्यापार गर्न सकेनन् । ह्याप्पी डेज र भैरेबाट त दयाहाङले समिक्षात्मक रुपमा पनि गाली सहनु पर्यो । तर, साइँलीबाट भने दयाको कामको तारिफ भयो ।
यो वर्ष दयाहाङको फिल्मी डिमाण्ड राम्रो भयो । व्यस्ततालाई हेर्ने हो भने पनि उनको व्यस्ततामा कुनै कमी आएन । त्यसैले पनि दयाहाङलाई ५ नम्बरमा राख्न सकिन्छ ।
उत्कृष्ट ५ नायिका
१. साम्राज्ञी राज्यलक्ष्मी शाह
यो वर्ष साम्राज्ञी राज्यलक्ष्मी शाहको दुई फिल्म रिलिज भए । साम्राज्ञीका रिलिज भएका दुई फिल्म कायरा र इन्टु मिन्टु लण्डनमा दुबै हिट भने होइनन् । इन्टु मिन्टुले लगानी बचाए पनि कायराले आफ्नो लगानी सुरक्षित गर्न सकेन । फिल्मको असफलताले साम्राज्ञीको क्रेजमा कुनै कमी आएन । लभ स्टोरी फिल्मको लागि साम्राज्ञी सधै नै पहिलो रोजाइमा परिन् ।
साम्राज्ञीलाई महंगो पारिश्रमिक तिरेर आफ्नो फिल्ममा लिन चाहने निर्माताहरु धेरै थिए । उनले उक फिल्मबाट १६ लाखसम्म पारिश्रमिक लिइन् । साम्राज्ञी सर्वाधिक पारिश्रमिक लिने नायिका पनि बनिन् ।
मिडियामा पनि साम्राज्ञी हट केक बनिरहिन् । त्यसैले पनि साम्राज्ञीलाई १ नम्बर नायिका भन्न सकिन्छ ।
२. स्वस्तिमा खड्का
अभिनयको कुरा गर्नुपर्दा यो वर्ष स्वस्तिमा खड्काले निकै राम्रो अभिनय कैशल देखाइन् । फिल्म बुलबुलमा उनको काम निकै प्रशंनिय थियो । यस वर्ष बुलबुल सहित उनको तीन फिल्म रिलिज भए । नाई नभन्नु ल ५ र जय भोलेमा पनि स्वस्तिमाको मुख्य भूमिका थियो ।
स्वस्तिमाले चलचित्र नाई नभन्नु ल ५ र जय भोलेबाट व्यापारिक रुपमा पनि सफलता पाइन् । तर, बुलबुलबाट व्यापारिक सफलता नपाए पनि कामबाट सफलता पाइन् । उनी अभिनित फिल्मको व्यापार, उनको माग र अभिनयलाई हेर्दा स्वस्तिमालाई २ नम्बरमा राख्न सकिन्छ ।
३. नम्रता श्रेष्ठ
यो बर्ष नायिका नम्रता श्रेष्ठको एउटा मात्र फिल्म रिलिज भयो । तर, रिलिज भएको फिल्म ‘प्रसाद’बाट उनले निकै प्रशंसा पाइन् । यस फिल्मले व्यापारिक रुपमा पनि राम्रै कमाई गर्न सफल भयो भने नम्रताले फिल्मका गरेको मेहनतलाई दर्शकले रुचाए ।
नम्रताको मेहनत र उनीमा भएको दर्शकको क्रेजलाई हेर्ने हो भने उनको क्रेज राम्रो छ । धेरै फिल्मको अफर आएपनि उनी वर्षमा एक फिल्ममा मात्र काम गर्छिन् । तर, उनको पारिश्रमिक निकै महंगो छ । नायिका नम्रता श्रेष्ठको रिजर्भ बस्ने र मिहिनेत गर्ने बानीले उनको विषयमा चासो राख्ने धेरै छन् । त्यसैले पनि नम्रतालाई ३ नम्बरमा राख्दा फरक नपर्ला ।
४. दीपिका प्रसाई
यो वर्षको उत्कृष्ट नायिकाको ४ नम्बरमा दीपिका प्रसाईलाई राख्न सकिन्छ । यस वर्ष उनी अभिनित एक फिल्म छक्का पञ्जा ३ मात्र रिलिज भयो । उक्त फिल्म बक्स अफिसमा बम्पर हिट भयो । दीपिकाको कामको पनि प्रशंसा नै भयो । यो वर्ष दीपिकालाई फिल्म खेलाउन जो कोही निर्माता तयार थिए । निकै महंगो पारिश्रमिक तिर्न तयार थिए निर्माता निर्देशक । तर, दीपिका केही चुजी बनिन् ।
यो वर्ष दीपिकाको प्रेम र बिबाहको समचारले पनि मिडिया ततायो । दर्शकको नजरबाट पनि दीपिका पलायन भइनन् । उनको क्रेज पनि राम्रो देखियो । त्यसैले दीपिकालाई ४ नम्बरमा राख्न सकिन्छ ।
५. प्रियंका कार्की
प्रियंका कार्कीको यो बर्ष ह्याप्पी डेज, कोहलपुर एक्सप्रेस, नाई नभन्नु ल ५, कथा काठमाण्डु, छक्का पन्जा ३, चंगाचेट लगायत फिल्महरु रिलिज भए । तर, नाई नभन्नु ल ५ लाई छोड्ने हो भने प्रियंकालाई विचरा भन्न सकिन्छ ।
तर, लगतार फिल्महरु असफल हुदाँ पनि प्रियंकाको क्रेजमा कमी आएन । फिल्मकर्मीले पनि हिरोइ खोज्न पर्दा पहिलो नाम प्रियंकाको लिए । दर्शकले पनि प्रियंकालाई रुचाइहरेका छन् । प्रेम र बिबाहका कारण पनि प्रियंकाको यो वर्ष चर्चा भइरह्यो । त्यसैले पनि उनलाई ५ नम्बरमा राखियो ।