बैशाख २० मा आउने फिल्म ‘दाल भात तरकारी’को ट्रेलर रिलिज भएको छ। कमेडीले भरपुर ट्रेलरमा विदेश मोहले ग्रसित मान्छेलाई चित्रण गरिएको छ।
ट्रेलरमा हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का, आँचल शर्मा, वर्षा राउत, राजाराम पौडेल, शिवहरी पौडेल, किरण केसी, बसुन्धारा भुषाल, रविन तामाङ, शिशिर वाङ्देल, विल्सन विक्रम राई लगायत फिचर छन्।
मह संचारको ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता किरण केसी हुन्। फिल्मको कथा हरिवंश आचार्यले लेखेका हुन्। पटकथा तथा संवाद पनि उनकै हो। यो फिल्मलाई सुदन केसीले निर्देशन गरेका हुन्।
यमन श्रेष्ठ, नरेन्द्र कंशाकार, जयनन्द लामा, मोहितबंश आचार्यलगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय रहेको छ। मित्र डि. गुरुङको सम्पादन रहेको फिल्मलाई दिर्घ गुरुङले खिचेका हुन्। यसमा प्रमिला आचार्य, यमन श्रेष्ठ, शिवहरी पौडेललगायत निर्मातामा छन्।