अभिनेता सौगात मल्ल केही समयको विश्राम पछि अब धमाधम फिल्ममा व्यस्त हुन थालेका छन्। उनले केही दिन भित्रै दुई फिल्म साइन गरिसकेका छन्।
बिहिबार मात्रै शिशिर राणाको निर्देशनमा निर्माण हुने फिल्म ‘पोई पर्यो काले’ साइन गरेका सौगातले शुक्रबार सुवर्ण थापाको निर्देशनमा बन्न लागेको ‘राम राम’ पनि साइन गरेका छन्।
डाइमोण्ड स्टार फिल्मस्को व्यानरमा निर्माण हुने फिल्म राम रामका कथा तथा पटकथाकार दिनेश महत हुन्। मुख्य कलाकारको रुपमा सौगात मल्ल मात्रै पक्का भएका छन्। फिल्म आगामी दशैबाट छायांकनमा जाने तयारीमा रहेको छ।
फिल्ममा अष्ट्रेलिया, जापान र हङकङमा बस्ने नेपालीको लगानी रहने छ। कथाकार महतका अनुसार सिनेमा निर्माण अगावै विभिन्न देशमा सिनेमाको विदेश प्रदर्शन राइट्स बिक्रि भैसकेको छ।