फिल्म ‘हजार जुनी सम्म’को पहिलो गीत ‘एमजी रोडैमा’ सार्वजनिक भएको छ। सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि उक्त गीत सार्वजनिक गरिएको हो।
सार्वजनिक गीतमा राजनराज सिवाकोटी र मेलिना राइको स्वर रहेको छ। गीतमा राजनराजको शब्द तथा संगीत छ।
सिक्किमको एमजी रोडमा खिचिएको उक्त भिडियोमा फिल्मका मुख्य कलाकारहरु स्वस्तिमा खड्का, सलोन बस्नेत, अखिलेस प्रधानलाई फिचरिङ गरिएको छ। कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियोलाई पुरुषोत्तम प्रधानले खिचेका हुन्।
विकासराज आचार्यको निर्देशनमा तयार भएको फिल्ममा पटकथा तथा संवाद विकास र सामिप्यराज तिमिल्सिनाको छ। कविता रेग्मी कार्यकारी निर्माता रहेको यस फिल्मले साउन ३० गतेलाई आफ्नो रिलिज मिति तय गरेको छ।
फिल्ममा आर्यन सिग्देल, प्रियंका कार्की, संचिता लुइटेल, स्वस्तिमा खड्का, सलोन बस्नेत, शिवहरि पौडेल, अनुभव रेग्मीको पनि मुख्य भुमिका रहेको छ।