सलमान खान अभिनित फिल्म ‘भारत’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा सलमान विभिन्न गेटअपमा छन्। सार्वजनिक ट्रेलरमा फिल्मको टाइटललाई प्रस्ट्याईएको छ।
अलि अब्बास जफर निर्देशित फिल्म यसै वर्षको इदमा रिलिज हुनेछ। ‘भारत’मा कट्रिना कैफ, सुनील ग्रोवर, दिशा पाटनी, ज्याकी श्राफको अभिनय रहेको छ।
फिल्मका लागि सलमानले धेरै मेहनत गरेका छन्। यस फिल्ममा उनी धेरै फरक भूमिकामा प्रस्तुत छन्।