फिल्म ‘प्रेम गीत ३’को थिम पोस्टर सार्वजनिक भएको छ। आगी नयाँ वर्षलाई रिलिज मिति तोक्दै निर्माण युनिटले पोस्टर सार्वजनिक गरेको हो। फिल्मले चैत २८ गतेलाई आफ्नो रिलिज मिति तय गरेको छ।
सार्वजनिक पोस्टरमा कोही कलाकारको अनुहार देखाइएको छैन्। पोस्टरमा हिउले ढाकिएका एक व्यक्ती छन्, जसले बन्दुक बोकेको देख्न सकिन्छ।
२ सय वर्ष पुरानो कथामा बन्न लागेको यस फिल्मका लागि कलाकाहरु पनि फाइनल भइसकेका छन्। तर, औपचारिक घोषणा गरेर नै कलाकारहरुको नाम सार्वजनिक गर्ने तयारीमा निर्माण पक्ष रहेको छ।
आशुसेन फिल्मस्’को व्यानरमा सन्तोष सेनले निर्माण गर्ने यस फिल्मलाई छेतन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गर्नेछन्।