अनुप बिक्रम शाही अभिनित फिल्म ‘कप्स’को ट्रेलर सार्वजनिक गरिएको छ। एक्सन तथा लभस्टोरी कथामा निर्माण भएको फिल्मको ट्रेलर पनि त्यस्तै बनाइएको छ।
ट्रेलरमा अनुप बिक्रम शाही, सन्दिपा लिम्बु, अमित गिरी, रामराज क्षेत्री, पुरन जोशी, नन्दु श्रीवास्तब, सुन्दर श्रेष्ठ, बब्लु विक्रम थापा, अनुपमा भण्डारी, रोशन सुवेदी लगायत फिचर छन्।
‘आर्या मुभिज’ र ‘सारा श्री मुभिज’को संयुक्त व्यानरमा निर्माण भएको फिल्ममा राम शाक्यको लगानी रहेको छ।सम्राट सापकोटाले निर्देशन गरेको यस फिल्ममा सुसन प्रजापतिको छायांकन, बिजय घिमिरेको संगीत, कविराज गहतराजको नृत्य, बिपिन मल्लको सम्पादन, साम्राट सापकोटाकै लेखन रहेको छ।
फिल्म जेठ १७ गतेबाट रिलिज हुँदैछ।