यस वर्षको प्रतिक्षित बलिउड फिल्म ‘स्टुडेन्ट अफ द इयर २’ नयाँ गीत सार्वजनिक भएको छ। मंगलबार सार्वजनिक भएको ‘हुकअप सङ’मा विशाल र शेखरको संगीत रहेको छ। केहा कक्कर र शेखरले स्वर दिएको गीतलाई कुमारले लेखेका हुन्।
गीतको भिडियोमा टाइगर श्राफ र आलिया भट्टको नृत्य देख्न सकिन्छ। भिडियोमा आलिया र टाइगरको केमेष्ट्रि निकै जमेको छ। फिल्ममा टाइगर मुख्य भूमिकामा प्रस्तुत छन् भने आलियाको अथिती भूमिकामा मात्रै छ।
पुनित मल्होत्राको निर्देशनमा बनेको यस फिल्ममा टाइगरसँगै तारा सुतरिया र अनन्या पाण्डेको मुख्य भूमिका रहेको छ। करण जोहरले निर्माण गरेको चलचित्रमा यश जोहर र अपूर्व मेहताको पनि लगानी रहेको छ। फिल्म मार्च १० तारिखमा रिलिज हुदैँछ।