शुक्रबार अर्थात् आजबाट फिल्म ‘दात भात तरकारी’ रिलिज भएको छ। वर्षकै प्रतिक्षित फिल्मका रुपमा हेरिएको यस फिल्ममा कलाकारको जम्बो टोली रहेको छ। फिल्ममा पूरानो पुस्तादेखि नयाँ पुस्तसम्मलाई समेटिएको छ। फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, आँचल शर्मा, पुष्प खड्का, वर्षा राउत लगायतको मुख्य भूमिका रहेको छ।
सुदन केसी निर्देशित यस फिल्मले अमेरिका मोहमा लागेका मानिसहरुको कथालाई प्रस्तुत गर्नेछ। फिल्मको कथा तथा पटकथा हरिवंश आचार्यले नै तयार गरेका हुन्। फिल्ममा समावशे भिजिट भिषामा गीत निकै लोकप्रिय बनिरहेको छ।
फिल्मले मल्टिप्लेक्स हलमा निकै राम्रो शोज पाएको छ। क्युएफएक्सले राजधानीका मल्टिप्लेक्स हलमा मात्र २० सोज दिएको छ। बिहानी शोमा दर्शकको उल्लेखनिय साथ पाएको छ।