नायक विराज भट्टले निर्माण गर्ने नयाँ फिल्म ‘साङ्लो’को औपचारिक निर्माण घोषणा गरिएको छ। शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो।
विराज भट्टले नै निर्देशन गर्ने यस फिल्ममा विराजको जोडीका रुपमा मिस नेपाल निकिता चण्डक देखिनेछिन्। फिल्ममा कामेश्वर चौरासिया, अमित गिरी लगायतको पनि मुख्य भूमिका रहनेछ।
एक्सन लभ स्टोरी कथामा निर्माण हुने यस फिल्माको छायांकन बैशाखको २४ गतेबाट सुरु हुने बताइएको छ। फिल्मले करिब ५० दिनको सुटिङ सेड्युल बनाएको छ।