असार २० गतेलाई प्रदर्शन मिति घोषणा गर्दै नायक आयुष्मान देशराज जोशी र नायिका शिल्पा मास्के स्टारर फिल्म ‘सानो मन’को पहिलो गीत सार्वजनिक भएको छ। आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ‘रानु कम्मर’ बोलको गीत सार्वजनिक गरिएको हो।
सार्वजनिक गीतमा कल्याण सिंह र रोमन बज्रचार्यको संगीत रहेको छ। रोमन, सिमा राई र सुयोग गुरुङले स्वर दिएको गीतलाई रोमन र रवि मल्लले लेखेका हुन्।
तीस लाखको लागतमा खिचिएको उक्त गीतको भिडियोमा आयुष्मान र शिल्पाले ठुम्का लगाएका छन्। भिडियोलाई साजन सिंहले कोरियोग्राफी गरेका छन्।
सुयोग गुरुङले निर्देशन गरिरहेको यस फिल्ममा गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टको पनि मुख्य भूमिका रहेको छ। फिल्मको कथा समिर सुनवार र निर्देशक गुरुङले लेखेका हुन्।
‘ओपिजि फिल्मस्’, ‘ए प्लस इन्टरटेन्मेन्ट’ र ‘हाई टेक इन्टरटेन्मेन्ट’को ब्यानरमा बनेको यस फिल्मका निर्माताहरू राजेन्द्र मानन्धर, योगेश गुरुङ, राजीव श्रेष्ठ र रमेश के मित्तल हुन्। फिल्मलाई आलोक शुक्लाले खिचेका छन्।