आज बैशाख २४ गते। आज बिबाहको राम्रो लगन थियो। यस शुभ साहितमा फिल्म क्षेत्रका दुई जोडी बिबाह बन्धनमा बाधिँएको छ। आज बिबाह गर्ने पहिलो जोडीमा नायिका दीपिका प्रसाई र निर्देशक दिवाकर भट्टराई रहेको छ भने दोस्रो जोडी नृत्य निर्देशक तथा निर्देशक रेनशा बान्तवा राई र निर्माता प्रज्वल सम्शेर जवरा रहेको छ।
दीपिका र दिवाकरले धनगढीमा बिहे गरेका हुन्। सिन्धुली घर भएका दिवाकर दीपिकालाई लिनका लागि उनको घर धनगढी नै पुगेका छन्। दीपिका र दिवाकर फिल्म ‘ऐश्वर्य’मा काम गरेपछि नजिक भएका थिए। उनीहरु त्यहीँ समयदेखि प्रेममा थिए।
त्यस्तै रेनशा र प्रज्ज्वलले पनि आज परम्पराअनुसार बिबाह गरेका छन्। रेनशालाई लिनका लागि प्रज्ज्वल काठमाडौंको एक पार्टी प्यालेसमा पुगेका थिए। आफन्तहरुको उपस्थितीमा दुई परम्पराअनुसार बिबाह गरेका छन्। उनीहरुले सुरुमा राई परम्परा अनुसार बिबाह गरे भने पछि हिन्दु परम्परा अनुसार प्रज्ज्वलले रेनशाको सिउँदोमा सिन्दुर भरेका थिए।