फिल्म ‘कुम्भ करण’को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा फिल्मका मुख्य कलाकार गौरव पहरी, भोलाराज सापकोटा र अभय बराल नायिका निशा अधिकारीको पछि परेको देखाइएको छ । जेठ १७ गतेलाई रिलिज मिति तय गरिएको फिल्मको ट्रेलर रमाइलो बनाइएको छ।
फिल्मुलाई दिपक ओलीले निर्देशन गरेका हुन्। महेश दवाडीको कथा, पटकथा तथा संवाद रहेको फिल्मलाई हरी घले लामाले खिचेका छन् भने सम्पादन मिलन श्रेष्ठले गरेका हुन्।
फिल्ममा रोम ओली कार्यकारी निर्माताका रुपमा रहेका छन्। क्षितिज बस्नेत, चुपनिधी रिजाल, चन्द्र बहादुर घर्ती मगर लगायतको लगानी रहेको फिल्ममा गिर प्रसाद घर्ती मगर र वीजय श्रेष्ठ चलचित्रका सह निर्मता हुन्।