एक्सन जनरमा निर्माण भएको फिल्म ‘सरौतो’को रिलिज मिति पक्का भएको छ। बिहिबार एक पोस्टर सार्वजनिक गर्दै रिलिज मिति पक्का गरेको हो। यस फिल्मले असोज ३ गतेलाई आफ्नो रिलिज मिति तय गरेको छ।
प्राविधिकको समय र वितरकसँगको छलफलपछि असोज ३ गतेलाई रिलिज मिति पक्का गरिएको निर्देशक हरी हुमागाईंले बताए। त्यस्तै फिल्मलाई राम्रो बनाइएको उनले थपे। उनले भने, ‘फिल्मलाई राम्रो बनाउने कोसिस गरेका छौ, लेखिएको कुरा पर्दामा उतार्न सफल भएको महसुस भएको छ।’
‘विरान्जना इन्टरटेनमेन्ट’, ‘स्क्वायर वान क्रिएसन’, ‘राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर फिल्म्स स्टुडियो’को ब्यानरमा निर्माण भएको फिल्ममा कार्यकारी निर्माता सिर्जना जोशी र लक्ष्मी कुमारी तामाङ रहेका छन्। फिल्ममा सुमी मोक्तान, सन्नी सिंह, विजय लामा, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की, पराकर्म पीजेबी राणा, सम्पदा दाहाल, सुवाङ्गम शाह, लियो ट्यांक, मैषा पुन मगर, प्रतिक दुलाल, मनोज तामांग लगायतको अभिनय रहेको छ।
फिल्ममा राघव कृष्ण गौतमको लेखन, उत्तम हुमागाईको छायांकन, शंकर महर्जनको एक्सन रहेको छ। यसमा राजन राज सिवाकोटी, पुष्पन प्रधान, कमल खत्री, कोसिस क्षेत्रीको संगीत रेहेको छ भने राजन, पुष्पन र कमलसँगै मिलन अमात्य, श्रेया सोतांग र केतन क्षेत्रीको स्वर रहेको छ।