फिल्म ‘प्रेमदिवस’को ट्रेलर रिलिज भएको छ। सर्वजनिक ट्रेलरमा दुई यूवासँग एक यूवतीको प्रेमलाई देखाइएको छ। जहाँ प्रियंका कार्की आयुष्मान देशराज जोशी र विशाल कट्टेलको प्रेममा परेकी छिन्।
‘रियल मोसन पिक्चर्स प्रालि’को ब्यानरमा निर्माण भएको यो फिल्ममा हेमन्त वुढाथोकी, शिवशंकर रिजालको पनि मुख्य भूमिका रहेको छ।
योगेश घिमिरेको निर्देशन रहेको फिल्ममा प्रदिप भारद्धाजको लेखन, कविराज गहतराको कोरियोग्राफी, रोशन श्रेष्ठको एक्सन, बनिष शाह र मिलन श्रेष्ठको सम्पादन, मानकृष्ण महर्जनको छायांकन छ।
जेठ ३१ गतेबाट रिलिज हुने यस फिल्मका कार्यकारी निर्माता संजय न्यौपाने हुन् भने मनेष दाहाल यसका निर्माता हुन्।