अर्पण थापाको निर्देशनमा बनेको हरर फिल्म ‘घर’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा नायिका सुरक्षा पन्तलाई डरलाग्दो अवतारमा देखाइएको छ।
पोस्टर रिलिज भएसँगै निर्माण युनिटले आफ्नो रिलिज डेट पनि पक्का गरेको छ। पोस्टरमा लेखिएको मिति अनुसार यस फिल्म साउन ३ गते रिलिज हुनेछ।
‘डीएस डिजिटल’को प्रस्तुतिमा तयार भएको फिल्मलाई निर्देशक थापाले नै लेखेका हुन्। फिल्ममा शर्मिला पाण्डेको लगानी रहेको छ।
फिल्ममा सुरक्षा पन्तसँगै निर्देशक थापा र बेनिशा हमालको पनि मुख्य भूमिका रहेको छ।