अशोक शर्माको निर्देशनमा बन्ने फिल्म ‘रातो टिका निधारमा’को औपचारिक निर्माण घोषणा गरिएको छ। राजधानीको एक हलमा कार्यक्रम गरी फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो।
फिल्ममा नायिका सम्राज्ञी राज्यलक्ष्मी शाहसँग डेब्यु नायक अंकित शर्माले जोडी बाध्नेछन्। फिल्ममा निता ढुंगाना, रविन्द्र झा, बुद्दि तामाङ, खुश्बु खड्का, अर्जुन श्रेष्ठ, बसुन्धरा भुषाल, लक्ष्मी गिरी, अरुणा कार्की, राजाराम पौडेल, शिवहरि पौडेल, जयनन्द लामा लगायतको मुख्य भूमिका रहने छ।
यस फिल्ममा ‘रातो टिका निधारमा’ बोलको गीतलाई रिमेक गरिने छ। जसमा अंकित शर्मा र साम्राज्ञी राज्यलक्ष्मी शाहले नृत्य गर्नेछन्। यसको ओर्जिनल भर्सनमा भने राजेश हमाल र करिश्मा मानन्धरले नृत्य गरेका थिए। फिल्ममा शम्भुजित बास्कोटा र कल्याण सिंहको संगीत, बसन्त श्रेष्ठको कोरियोग्राफी रहने छ।
जेठ १० गतेबाट छायांकनमा जाने फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्नेछन् भने मित्र देव गुरुङको सम्पादन गर्नेछन्। किरण शर्मा र कृति शर्मा निर्माताको रुपमा रहेका छन्। निर्देशक शर्माकी छोरी कृतिले साहायक निर्देशनको जिम्मा लिएकी छिन्।