फिल्म ‘पोइ पर्यो काले’को शुभ मुहूर्त गरिएको छ। सोमबार राजधानीमा उक कार्यक्रम गर्दै फिल्मको शुभ मुर्हत गरिएको हो। चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटाले संयूक्त रुपमा चलचित्रको मुहूर्त गरेका थिए।
शिशिर राणाको निर्देशनमा बन्न लागेको फिल्ममा नायिका पूजा शर्मा र नायक सौगात मल्लले श्रीमान्-श्रीमतीको भूमिका निर्वाह गर्नेछन्। फिल्ममा आकाश श्रेष्ठ, सृष्टि श्रेष्ठ, सोहित मानन्धर, सुरक्षा पन्त, राजाराम पौडेल, बिन्दा खतिवडा, जयनन्द लामालगायतको पनि अभिनय रहनेछ। जेठ १३ गतेाबाट छायांकन आरम्भ गरिने यस फिल्मले आउँदो कात्तिक ८ गते दिपावलीलाई रिलिज मिति पक्का गरेको छ।
निर्देशक राणाकै कथा तथा पटकथा रहेको फिल्मलाई शिव ढकालले खिच्नेछन्। श्याम बहादुर थापा प्रस्तुतकर्ता रहेको फिल्ममा दिपक मनाङ्गे र अ. देवि राईको लगानी रहनेछ। फिल्मका कार्यकारी निर्माता भने किरण नेपाली र रधु परियार हुन्।