हाल छायांकनरत फिल्म ‘छ माया छपक्कै’मा नायिका सुपुष्पा भट्टको इन्ट्रि भएको छ। ‘रणवीर’बाट फिल्म क्षेत्रमा डेब्यु गरेकी सुपुष्पाले ‘छ माया छपक्कै’मा भने साहायक भूमिका निर्वाह गर्नेछिन्।
फिल्मको निर्माण घोषणा कार्यक्रममा नायिका केकी अधिकारीलाई मात्र सार्वजनिक गरिएको थियो। तर, हालै मात्र फिल्ममा सुपुष्पाले इन्ट्रि मारेकी हुन्।
‘आमा सरस्वती मुभिज’ र ‘रोहित अधिकारी फिल्मस्’को ब्यानरमा निर्माण भैरहेको यस फिल्मलाई दिपेन्द्र लामाले निर्देशन गरिरहेका छन्। फिल्ममा दिपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल लगायतका कलाकारको मुख्य भूमिका छ।
अहिले फिल्मको छायांकन सिन्धुली क्षेत्रमा भइरहेको छ। यस फिल्मले आगमी दशैंलाई रिलिज मिति टार्गेट बनाएको छ।