दयाहाङ राई स्टारर फिल्म ‘आप्पा’को ट्रेलर सार्वजनिक भएको छ। बिहिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा बुबा र छोराको प्रेमलाई देखाइएको छ।
अनमोल गुरुङको निर्देशनमा बनेको यस फिल्ममा सिद्धार्थराज तामाङ, एलोना काबो लेप्चा, तुलसी घिमिरे, अरुणा कार्की लगायतको मुख्य भूमिका रहेको छ। सिक्किम, दार्जिलिङ लगायतका स्थानमा खिचिएको यस फिल्मले असारको १३ गतेलाई रिलिज मिति तय गरेको छ।
अ माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता माबो हाङ हुन्। ‘आप्पा’मा अनमोल गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डि. कार्कीको छायांकन, अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन रहेको छ।