योगेश घिमिरे निर्देशित फिल्म ‘प्रेम दिवस’को शिर्ष गीत सार्वजनिक भएको छ। सार्वजनिक गीतमा सुरज तामाङ र शैलु आरएल सिंहको आवाज रहेको छ। सन्तोष पोखरेलको शब्द रहेको गीतमा करणराज कार्कीले संगीत दिएका छन्।
भिडियोमा अभिनेता आयुष्मान देशराज र अभिनेत्री प्रियंका कार्की फिचर्ड छन्। गीत तथा भिडियोले दुईको प्रेमलाई देखाएको छ।
त्रिकोणात्मक प्रेमकथामा आधारित यस फिल्ममा विशाल खरेलको पनि मुख्य भूमिका रहेको छ। फिल्ममा हेमन्त बुढाथोकी, शिव शंकर रिजाल, उत्तम केसी, सञ्जय न्यौपाने, श्रीकृष्ण लुइँटेललगायतको पनि अभिनय रहेको छ ।
जेठ ३१ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन्। रोशन श्रेष्ठको द्वन्द्व रहेको फिल्ममा बनिष शाह र मिलन श्रेष्ठको सम्पादन, मानकृष्ण महर्जनको छायांकन छ। मनिष दाहाल निर्माता रहेको फिल्मका कार्यकारी निर्माता सञ्जय न्यौपाने हुन्।