भदौ १३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मारुनी’को फस्टलुक सार्वजनिक गरिएको छ। टौवा क्रियशनले तयार पारेको पोष्टरमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक पुष्प खड्कालाई देखाइएको छ। साम्राज्ञी र पुष्पालाई पोस्टरमा निकै रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ।
पुनम इन्टरटेन्मेन्टको ब्यानरमा पुनम गौतमले निर्माण गरेको यो फिल्मलाई नवल नेपालले निर्देशन गरेका छन्। राजा प्रधान, दर्शना केसी, मिना क्षेत्री चलचित्रका सह–निर्माता हुन्। फिल्मलाई संजय लामाले खिचेका हुन्।
सुन्दर युवतीको कथामा निर्माण भएको यस फिल्ममा नायिका रेविका गुरुङको पनि मुख्य भूमिका छ।