अभिनेता तथा लेखक खगेन्द्र लामिछानेले फिल्म निर्देशन गर्ने भएका छन्। आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच उनले निर्देशन गर्ने फिल्मको निर्माण घोषणा गरिएको छ।
‘पानीफोटो’ नाम राखिएको यस फिल्मले पन्ध्र बर्ष पहिले बेपत्ता भएको छोराको पर्खाइमा बसेका आमाबुबाको कथामा बोल्नेछ । यस फिल्म उनकै निर्देशनमा बनेको नाटक ‘पानीफोटो’बाट अनुरुपण गरिएको हो।
फिल्ममा खगेन्द्रसँगै सुनिल पोखरेल, निशा शर्मा पोखरेल, अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, कमलमणी नेपाल, आशान्त शर्मा, श्यामकुमार शर्माको मुख्य भूमिका रहने छ।
रोजिना सिटौला र रविन्द्र बज्राचार्यको लगानी रहने फिल्मको मुख्य सहायक निर्देशकका अनिल खड्का हुन्। दीपक बज्राचार्यले खिच्ने फिल्मलाई निमेश श्रेष्ठले सम्पादन गर्नेछन्।
आगामी भदौबाट छायाँकनमा जाने यस फिल्मलाई काठमाडौं, स्याङ्ग्जा, रोल्पा र चितवनमा खिचिनेछ ।